अष्ट्रेलियाकाे उत्तरी क्षेत्रमा गोली चल्दा तीन जनाको मृत्यु

अष्ट्रेलियाकाे उत्तरी क्षेत्रमा गोली चल्दा तीन जनाको मृत्यु


अष्ट्रेलियाकाे उत्तरी क्षेत्रमा गोली चल्दा तीन जनाको मृत्यु हुनुका साथै अर्का एक जना गम्भीर घाइते भएका छन् ।

स्थानीय समयअनुसार बिहीबार बिहान क्वीन्सल्याण्डको बोगीमा रहेको एउटा गाई फार्ममा गोली चलेको अधिकारीहरूले बताएका छन् ।

क्वीन्सल्याण्ड पुलिसले ‘हत्यारा’ को खोजी गर्दै घटनास्थल वरपर घेरा हालेको छ । घटनाका दोषीको प्रहरीले अनुसन्धान सुरु गरिरहेको छ । ब्रिस्बेनबाट लगभग १२ सय किलोमिटर उत्तरमा रहेको बोगीमा २०० मानिस बसोबास गर्छन् ।

 

Logo