केबीसी जुनियरमा १ करोड जित्ने यी बालक, अहिले आईपीएस बनेर देशको सेवा गर्दै

केबीसी जुनियरमा १ करोड जित्ने यी बालक, अहिले आईपीएस बनेर देशको सेवा गर्दै


बलिउड सुपरस्टार अमिताभ बच्चनको कौन बनेगा करोडपति केबीसी नामक शोले मानिसहरूको ज्ञान मात्र बढाउने हैन, धेरै प्रतियोगीहरूको जीवनमा पनि परिवर्तन ल्याउँछ भन्ने आम बुझाई छ ।  यस्तै एउटा उदाहरण हुन, रवि सैनी । 

रवि सैनी जसले  ‘केबीसी शोमा ठूला सपना बोकेर आएका थिए । केबीसीमा आउने धेरैको तयारी राम्रो नै रहने गरेपनि सबैले करोड रुपैयाँ जित्न सक्दैनन । धेरैको करोडपति बन्ने सपना पुरा हुदैन । 
तर सन् २००१ मा ‘केबीसी जुनियर’ मा १४ वर्षीय रवि सैनीले केबीसीको हट सिटमा बसेर सबैलाई चकित पारेका थिए । हट सिटमा बसेर रवि सैनीले १५ प्रश्नको सहि जवाफ दिएर शोबाट १ करोड रुपैयाँ जितेका थिए ।

केबीसीमा आउदा उनले आफ्नो देशको सेवा गर्ने सपना रहेको बताएका थिए ।  उनले त्यो सपना पुरा गरेका छन । रवि अहिले आइपिएस अधिकृत बनेर देश सेवामा लागेका छन् । केबीसीमा कुरा गर्दै रवि सैनीले शोमा बच्चन साहेबलाई भेट्नु पर्ने भएकाले केबीसीमा भाग्य परिक्षा दिन आएको बताएका थिए । , केबीसीमा आएपछि उनको आत्मविश्वास पहिलेभन्दा बलियो भयो । रवि सैनी उनको क्लास टपर थिए। पढाइको मामिलामा उनको दिमाग यति छिटो दौडियो कि उनले एमबिबिएसको अध्ययन पुरा गरे । हाल उनी आईपीएस अधिकृतको रुपमा देशको सेवा गरिरहेका छन ।

Logo