भारतमा एकैदिन २० हजार बढीमा कोरोना पुष्टि

भारतमा एकैदिन २० हजार बढीमा कोरोना पुष्टि


भारतमा बितेका २४ घण्टामा देशका विभिन्न भागमा कोरोना सङ्क्रमतिको सङ्ख्या २० हजार नाघेको छ । 

शुक्रबार बिहान केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले दिएको जानकारीअनुसार हिजो एक दिनमा कोरोना सङ्क्रमितको सङ्ख्या २० हजार ५५१ पुगेको छ ।

देशमा हाल कोरोना सङ्क्रमितको सङ्ख्या चार करोड ४१ लाख ७ हजार पाँच सय ८८ पुगेको छ । गत दुई दिनयता २० हजार भन्दा कम भएको कोरोना सङ्क्रमित शुक्रबार पुनः २० हजार नाघेको छ ।

देशभर एक लाख ३७ हजार ५७ जना सक्रिय सङ्क्रमित छन् । यसैगरी २१ हजार पाँच सय ९५ सङ्क्रमणमुक्त भएका छन् । योसँगै कोरोना सङ्क्रमणमुक्त भएकाको सङ्ख्या चार करोड ३४ लाख ४५ हजार छ सय २४ पुगेको छ ।

हिजो २४ घण्टाको अवधिमा कोरोना सङ्क्रमणबाट ७० जनाको मृत्यु भएको छ । योसँगै कोरोनाबाट पाँच लाख २६ हजार छ सय जनाको मृत्यु भएको छ । महामारी सुरु भएयता ८७ करोड ७७ लाखभन्दा बढीको परीक्षण गरिएको छ । 

सन् २०२१ को जनवरी १६ देखि देशभर कोभिड–१९ विरुद्ध खोप अभियान जारी छ । अभियानअन्तर्गत हालसम्म दुई अर्ब पाँच करोड भन्दा बढी मात्रा खोप लगाइएको छ ।

Logo