इरानमा बाढीमा ८० जनाको मृत्यु

इरानमा बाढीमा ८० जनाको मृत्यु

केन्द्रबिन्दु
0
Shares

इरानमा हालै आएको बाढी पहिरोमा पनि मृत्यु हुनेको संख्या ८० नाघेको  छ । देशका विभिन्न ठाउँमा आएका बाढी पहिरोमा परी उनीहरूको मृत्यु भएको हो ।  

इरानको राष्ट्रिय प्रकोप व्यवस्थापन निकायका प्रमुख मोहम्मद हसन नामीले बाढी पहिरोमा अझै केही वेपत्ता भएको बताए ।

बेपत्ता भएकाहरूको खोजीका लागि उद्धारकर्ता, सुरक्षाकर्मीलगायतलाई खटाइएको छ । इरानमा यही जुलाई २३ देखि भारी वर्षा भएको र वर्षाका कारण बाढी पहिरो आएकोले ठूलो क्षति भएको अधिकारीहरूले बताएका छन् ।

बाढी पहिरोमा ६१ हजार सामग्री उपलब्ध गराइएको छ ।

Logo