टोँगा ज्वालामुखीबाट निस्केको पानीले ५८ हजार स्विमिङ पुल भर्न पुग्ने, हेर्नुहोस दृश्य सहित

टोँगा ज्वालामुखीबाट निस्केको पानीले ५८ हजार स्विमिङ पुल भर्न पुग्ने, हेर्नुहोस दृश्य सहित

केन्द्रबिन्दु
0
Shares

केही महिनाअघि पृथ्वीमा एउटा भयानक ज्वालामुखी विस्फोट भएको थियो । जुन दृश्य अन्तरिक्षबाट पनि देखिएको थियो । 

यो इतिहासको सबैभन्दा ठूला ज्वालामुखी विस्फोटहरू मध्ये एक थियो । यो विस्फोट यति ठुलो थियो कि यसले धेरै मात्रामा पानीको बाफ पृथ्वीको वायुमण्डलमा छोड्यो । जसले गर्दा पृथ्वीको सतहलाई अस्थायी रूपमा तातो बनाउन सक्ने स्थिती सिर्जना भएको छ । नासाको एक स्याटेलाइटले यो चकित पार्ने जानकारी दिएको हो । 

वर्षको पहिलो महिना जनवरीका दिन पानीमुनि हुङ्गा टोंगा–हुंगा हापाईमा ज्वालामुखी विष्फोट भएको थियो । विस्फोटका कारण यसले सुनामीलाई ट्रिगर गरेको थियो । 
नासाको स्याटेलाइटबाट प्राप्त तथ्याङ्कअनुसार विस्फोटले पृथ्वीको सतहबाट १२ देखि ५३ किलोमिटरको दूरीमा पानीको वाफ उडेको थियो । 

सो वाफको पानी ५८ हजार ओलम्पिक आकारका स्विमिङ पूलहरू भर्न पर्याप्त थियो भनी तथ्यबाट देखाएको अध्ययनकर्ता बताउछन् । नासाको स्याटेलाइटमा रहेको माइक्रोवेभ लिम्ब साउन्डर इन्स्ट्रुमेन्टले यो जानकारी दिएको हो । 

यो उपग्रहले पानीको बाफ, ओजोनलेयर र अन्य वायुमण्डलीय ग्यासहरूलाई नाप्ने काम गर्छ । ज्वालामुखी विष्फोटपछि पानीको बाफ सम्बन्धी अध्ययन गर्ने वैज्ञानिकहरू यस्तो नतिजा देखि छक्क परेका थिए ।

 

 

Logo