इरानमा १ सातामा ३२ जनालाई मृत्युदण्ड

इरानमा १ सातामा ३२ जनालाई मृत्युदण्ड

केन्द्रबिन्दु
0
Shares

इरानमा श्रीमानको हत्या गरेको आरोपमा बुधबार तीन महिलालाई मृत्युदण्ड दिइएको छ ।

इरानको मानव अधिकार समूहका अनुसार गत साता मात्रै २९ जनालाई मृत्युदण्ड दिइएको थियो । बुधबार थप तीन जनालाई मृत्युदण्ड दिइएको हो । गत वर्षको तुलनामा यस वर्ष अहिलेसम्म दोब्बर मानिसहरूलाई मृत्युदण्ड दिइएको छ । इरानले पनि अन्य देशको तुलनामा धेरै महिलाहरूलाई मृत्युदण्ड दिने गरेको उनीहरूमध्ये अधिकांशलाई आफ्नो पतिको हत्या दोषी ठहर गरिएको अधिकारवादी समूहहरूले रिपोर्ट गरेका छन् ।

पछिल्लो पटक मृत्युदण्डको सजाय पाउनेमा बाल विवाह गरेकी एक युवती पनि छन् । उनको १० वर्षअघि १५ वर्षको उमेरमा विवाह भएको थियो ।  

Logo