इजरायली वैज्ञानिकको दाबी : विश्वको पहिलो कृत्रिम भ्रूण तयार

इजरायली वैज्ञानिकको दाबी : विश्वको पहिलो कृत्रिम भ्रूण तयार

केन्द्रबिन्दु
0
Shares

विश्वको पहिलो कृत्रिम भ्रूण तयार गरिएकको छ । यसमा जीवको मुटु पनि धड्किन्छ र मस्तिष्कले पनि पूर्ण आकार लिइसकेको छ। इजरायलको वेइजम्यान इन्स्टिच्युटका वैज्ञानिकहरूले यसका लागि कुनै निषेचित अण्डा र शुक्रकीटको आवश्यकता नपरेको बताएका छन्। 

मेडिकल साइन्स जर्नलमा प्रकाशित अनुसन्धानमा टोलीले मुसाको स्टेम सेलबाट भ्रूण विकास गरेको थियो। प्रयोगशालामा विशेष प्रकारको भाँडोमा वर्षौंसम्म राखिएको थियो । यस भाँडामा उनीहरुले अभिभावक कोशिकाबाटै पूर्ण भ्रूण विकास गरे।

जसको मुटु पनि धड्कन थाल्यो र मस्तिष्कले पनि पूर्ण आकार लियो । यो गर्भको बाहिर स्टेम सेलहरू (अभिभावक कोशिकाहरू ) थपेर विकसित हुन्छ। यसलाइृ सम्पूर्ण जीव कोशिकाको सहयोगमा सृष्टि गरिएको थियो।

वैज्ञानिकहरूले गर्भमा भ्रूण विकास गर्ने प्रक्रियामा कृत्रिम यन्त्रको मात्र सहयोग लिएका थिए ।  अभिभावक कोशिकाहरू निरन्तर घुमिरहँदा बीकर भित्र पोषक तत्वको घोलमा राखिएको थियो। यसरी शारीरिक रगत प्रवाह प्लेसेन्टालाई पोषक तत्वहरू आपूर्ति गर्न निरन्तर रहन्छ।

Logo