उत्तरप्रदेशमा विशालु सर्पको टोकाइबाट दाजुभाइको मृत्यु

उत्तरप्रदेशमा विशालु सर्पको टोकाइबाट दाजुभाइको मृत्यु

केन्द्रबिन्दु
0
Shares

भारत उत्तरप्रदेश स्थित बलराम जिल्लाको ललिया थाना क्षेत्रको भवनियापुर गाउँमा विषालु सर्पको टोकाइबाट दुई दाजुभाइको मृत्यु भएको छ । 

प्रहरी अधिकृत राधारमन सिंहका अनुसार भदौ २ गते ३८ वर्षीय अरविन्द मिश्रलाई सर्पले टोकेपछि जिल्ला अस्पताल लगिएको थियो । त्यहा उपचार सम्भव नभएपछि अरविन्द मिश्रलाई बहराइच रिफर गरिएको थियो । बहराइचमा रिफर गरिएको मिश्र उपचारकै क्रममा निधन भएको हो ।

आफ्नो दाई अरविन्द मिश्रको अन्त्येष्टिमा भाग लिन बुधबार लुधियानाबाट आएका उनका भाइ गोविन्द मिश्र (३२) र नातेदार चन्दशेखर पाण्डे दाजुको अन्तिम संस्कारपछि दाजुकै घरमा बसेका थिए ।
अधिकृत राधारमणका अनुसार  बुधबार राति मृत दाजुको घरमा सुत्ने क्रममा भाई गोविन्द मिश्र र नातेदार चन्दशेखर पाण्डेलाई पनि विषालु सर्पले टोकेको बताए ।

स्वास्थ्य अवस्था बिग्रिदै गएपछि उनीहरु दुबैलाई अस्पताल लगिएकोमा गोविन्द मिश्रको भने उपचारकै क्रममा मृत्यु भएको छ । अधिकृत राधारमणका अनुसार चन्द्रशेखर पाण्डेको अवस्था भने निकै गम्भीर रहेको छ । घटनाको जानकारी पाएलगत्तै प्रमुख मेडिकल अधिकृत र वन विभागका कर्मचारीहरु घटनास्थल पुगेका थिए । 

Logo