नर्भिकले सार्वजनिक जग्गामा बनाएको संरचना हटाउन समिति गठन गरिने

नर्भिकले सार्वजनिक जग्गामा बनाएको संरचना हटाउन समिति गठन गरिने


नर्भिक अस्पतालले सार्वजनिक जग्गा मिचेर संरचना बनाएको बारेमा अध्ययन गर्न काठमाडौं महानगरपालिका र अस्पतालले प्राविधिक राखेर अध्ययन समिति बनाउने भएका छन् ।

नर्भिकलाई सार्वजनिक जग्गाको संरचना हटाउन २४ घन्टे अल्टिमेटम दिएका काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह मंगलबार निर्देशन पालन भए नभएको हेर्न नर्भिक अस्पतालमा पुगेका थिए ।
नर्भिकले आफूले कानून अनुसार जग्गा भाडामा लिएको बताएको थियो । त्यसपछि अस्पताल र महानगरबीच अध्ययन समिति बनाउने र उसकै सिफारिस अनुसार अघि बढ्ने सहमति भएको छ । त्यसपछि मेयर बालेनसहितको टोली फर्केको छ ।

Logo