अस्ट्रेलियाको क्यानबेरा एयरपोर्टमा गोलाबारी , उडान रोकियो, टर्मिनल पनि बन्द

अस्ट्रेलियाको क्यानबेरा एयरपोर्टमा गोलाबारी , उडान रोकियो, टर्मिनल पनि बन्द


अस्ट्रेलियाको क्यानबेरा एयरपोर्टमा गोलाबारी भएको छ । गोलीबारीपछि उडानहरू स्थगित गरिएको छ र टर्मिनल खाली गरिएको छ। घटनाको जानकारी पाएलगत्तै प्रहरी सक्रिय भएर आरोपितलाई पक्राउ गरेको छ ।

अभियुक्तको साथबाट पेस्तोल बरामद भएको छ । घटनामा कसैलाई हानि भने भएको छैन। प्रहरीले सीसीटीभी फुटेजको समीक्षा गरी हाल हिरासतमा रहेका व्यक्ति मात्रै घटनामा संलग्न रहेको अनुमान गरेको बताएको छ । क्यानबेरा विमानस्थलको टर्मिनललाई सावधानीका रूपमा खाली गरिएको छ र विमानस्थलको अवस्था नियन्त्रणमा रहेको विज्ञप्तिमा भनिएको छ।

Logo