रुसी हमलामा खार्किभमा ६ जनाको मृत्यु

रुसी हमलामा खार्किभमा ६ जनाको मृत्यु


रुसी हमलामा खार्किभमा कम्तीमा ६ जनाको मृत्यु भएको छ ।

बुधबार भएको उक्त हमलामा अन्य १६ जना घाइते भएका छन् । युक्रेनका राष्ट्रपतिले भोलोदिमिर जेलेन्स्कीले उक्त हमलालाई घृणित र निन्दनीय बताएका छन् । हमलामा एउटा फ्ल्याटका ब्लक पूर्ण रुपमा ध्वस्त भएको बताए । आक्रमणको कुनै औचित्य नभएको र यसले अतिक्रमणकारीको शक्तिहीनता प्रदर्शन गरेको बताए । आक्रमणको बदला लिने पनि उनले चेतावनी दिएका छन् । 

‘हामी माफ गर्दैनौं, हामी बदला लिनेछौं’,  राष्ट्रपतिले भने । विस्फोटपछि उत्तरपूर्वी सहरको उक्त फ्ल्याटको ब्लकमा आगो लागेको सहरका मेयरले बताएका छन् । यसअघि उक्त हमलामा तीन जनाको ज्यान गएको र १० जना घाइते भएको क्षेत्रीय गभर्नर ओलेग सिनेगुबोभले बताएका थिए । फेब्रुवरीको सुरुमा खार्किभलाई रुसी सेनाले घेरा हालेका थिए ।

एजेन्सी

Logo