इमरान खानलाई गिरफ्तारीबाट राहत, अदालतले दियो तीन दिनको ट्रान्जिट जमानत

इमरान खानलाई गिरफ्तारीबाट राहत, अदालतले दियो तीन दिनको ट्रान्जिट जमानत


पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई इस्लामावाद उच्च अदालतले राहत दिएको छ ।

इमरानको जमानत याचिकाको सुनुवाई गर्दा, अदालतले उनलाई तीन दिनको लागि ट्रान्जिट जमानत दिएको थियो। इमरान खानलाई भडकाऊ भाषण गरेको आरोप लगाइएको थियो र उनीमाथि गिरफ्तारीको तरवार झुण्डिएको थियो ।

इमरानले भडकाऊ भाषण गरेर देशका जनतालाई सरकार, अदालत र सेना विरुद्ध उक्साउन चाहेको पाकिस्तान सरकारको आरोप छ ।

Logo