बुधबार बिहान त्रिपुरेश्वरबाट कालिमाटीका लागि छुटेको बा ५ ख ७३९१ नम्बरको बसले साइकल यात्रीलाई ठक्कर दिएको थियो । "/>

टेकुमा बसको ठक्करबाट एक जनाको ज्यान गयो

टेकुमा बसको ठक्करबाट एक जनाको ज्यान गयो


काठमाडौँको टेकुमा बसको ठक्करबाट एक जनाको ज्यान गएको छ ।

बुधबार बिहान त्रिपुरेश्वरबाट कालिमाटीका लागि छुटेको बा ५ ख ७३९१ नम्बरको बसले साइकल यात्रीलाई ठक्कर दिएको थियो । बसको ठक्करबाट गम्भीर घाइते भएका पर्सा ब्रम्हपुर नगरपालिका–३ का ३५ वर्षका भिम लामालाई उपचारका लागि वीर अस्पताल लगिएको थियो ।
अस्पतालमा नै लामाको ज्यान गएको प्रहरीले जनाएको छ । बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Logo