बेन्चमार्क बन्ने योजनामा रहेको कलेजः ट्रिटन इन्टरनेशनल

बेन्चमार्क बन्ने योजनामा रहेको कलेजः ट्रिटन इन्टरनेशनल


जीवन उपयोगी शिक्षा प्रदान गर्न अग्रसर ट्रिटन इन्टरनेशनल कलेज काठमाडौंको तीनकुनेमा छ । प्लस टु को पाठ्यक्रमलाई व्यवहारिक र प्रयोगात्मक रुपमा अगाडि बढाएको यो कलेज उत्कृष्ट शैक्षिक वातावरणका लागि कहलिएको कलेज पनि हो ।

अन्तर्राष्ट्रिय स्तरको पढाइ हुने यो कलेज नेपालको अग्रणी व्यवसायिक कम्पनी डिबी ग्रुप अफ कम्पनीद्वारा संचालित कलेज हो । ट्रिटन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विषयविज्ञ तथा शिक्षाविद्हरुको कुशल व्यवस्थापन सञ्चालित छ ।

यो कलेजले प्लस टु अन्तर्गत विज्ञान, मानविकी र व्यवस्थापन संकायमा पढाइ हुँदै आएको छ । मास्टर्ससम्मको अध्ययन हुने यो कलेज आइएसओ मान्यता प्राप्त कलेज पनि हो । 

विद्यार्थीहरुलाई सम्बन्धित विषयविज्ञहरुसँग नियमित भेटघाट गराउनुका साथै मल्टीमिडिया र म्यानुअल पद्धतीलाई समेत अपनाउँदै आएको छ । 

विद्यार्थीलाई दक्ष र आत्मनिर्भर बनाउने उद्धेश्यका साथ स्थापित ट्रिटन इन्टरनेशनल कलेज एकाइसौं शताब्दीमा माग अनुसारको शिक्षा प्रदान गर्ने कलेज पनि हो ।

गुणस्तरीय शिक्षा, रियल लाइफ ट्रेनिङ, रिसर्च ओरिन्टेशनलगायतको मिसन बोकेको ट्रिटनले प्लस टु को पाठ्यक्रमलाई व्यवहारिक र प्रयोगात्मक ढंगले अध्यापन गराउँदै आएको छ । विद्यार्थीहरुलाई सम्बन्धित विषयविज्ञहरुसँग नियमित भेटघाट गराउनुका साथै मल्टीमिडिया र म्यानुअल पद्धतीलाई समेत अपनाउँदै आएको छ । 

अत्याधुनिक साइन्स तथा कम्प्युटर ल्याव भएको यो कलेजले विद्यार्थीहरुलाई प्रोत्साहन स्वरुप आकर्षक छात्रवृत्तिको व्यवस्था पनि गरेको छ । अतिरिक्त क्रियाकलापमा विशेष जोड दिने यो कलेजको भौतिक पूर्वाधार लोभलाग्दो त छ नै साथसाथै शिक्षामैत्री पनि भएकाले विद्यार्थीहरुले पारिवारिक वातावरणमा अध्ययनको अवसरमा पाउँदै आएका छन् । 

साइन्स, ह्युम्यानिटिज र म्यानेज्मेन्टको बेन्चमार्क बन्ने भिजनका साथ अघि बढीरहेको ट्रिटन इन्टरनेशनल कलेजले आफ्ना विद्यार्थीलाई योग्यता अनुसारको अवसर समेत प्रदान गर्दै आएको छ ।  

Logo