संखुवासभा भोटखोला गाउँपालिकाको मतपेटिका हेलिकप्टरमार्फत ल्याइयो

संखुवासभा भोटखोला गाउँपालिकाको मतपेटिका हेलिकप्टरमार्फत ल्याइयो


चीनसँग सीमा जोडिएको उत्तरी क्षेत्र संखुवासभाको भोटखोला गाउँपालिकाको मतपेटिका हेलिकप्टरमार्फत ल्याइने भएको छ ।

भोटखोला गाउँपालिकाको किमाथाङ्का, थुदाम र रिदाक मतदान केन्द्रको मतपेटिका हेलिकप्टरमार्फत ल्याइने भएको हो । भौगोलिक रुपमा विकट र दुर्गम मानिएको भोटखोला गाउँपालिकाको दुधपोखरी आधारभूत विद्यालय थुदाम, हिमालय आधारभूत विद्यालय किमाथांका र ज्योति आधारभूत विद्यालय रिदाक मतदान केन्द्रको मतपेटिका सोमबार हेलिकप्टरमार्फत ल्याउने सहायक निर्वाचन अधिकृत इन्द्र सापकोटाले जानकारी दिए ।

सडक सञ्जाल नजोडिएको र भौगोलिक हिसाबले निकै विकट भएकाले हेलिकप्टरबाट ल्याउन लागिएको सापकोटाले बताए ।

Skip This
Logo