एकीकृत समाजवादीको स्थायी कमिटीको बैठक जारी

एकीकृत समाजवादीको स्थायी कमिटीको बैठक जारी


नेकपा (एकीकृत समाजवादी) को स्थायी कमिटीको बैठक बसिरहेको छ । बैठक पार्टी केन्द्रिय कार्यालय आलोकनगरमा जारी छ ।

बैठकलाई सम्बोधन गर्दै पार्टी अध्यक्ष माधवकुमार नेपालले भने ‘राजनीतिक परिस्थितिबारे बेलैमा विचार नगर्दा अप्रत्याशित घटना भइ गठबन्धन भंग भयो । राजनीतिमा नयाँ किसिमको चुनौति देखापरेको छ र यसलाई आगामी दिनमा सम्बोधन गर्दै अघि बढ्नुको विकल्प छैन ।’ 

बैठकले आफ्नो पार्टी नयाँ गठबन्धनको सरकारमा जाने/नजाने भन्ने बारेमा निर्णय गर्ने बताइएको छ । यसअघि पनि अध्यक्ष नेपालले भर्चुअल बैठकबाट सरकारमा सहभागि हुने वा नहुने भन्नेबारेमा भुगोलका नेताहरुसँग छलफल गरेका थिए । 

Logo