साताकाे पहिलाे काराेवार दिन नेपाली बजारमा आज सुनको मूल्य बढेकाे छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन २ सय रूपैयाँले बढेकाे छ।
शुक्रबार १ लाख ११ हजार ८ सय रूपैयाँमा काराेवार भएकाे छापावाला सुन आज प्रतिताेला १ लाख १२ हजार रूपैयाँमा काराेवार भइरहेकाे छ ।
साथै तेजाबी सुन १ लाख ११ हजार ४सय ५० रूपैयाँमा काराेवार भइरहेकाे छ। त्यस्तै,आज चाँदीको भाउ पनि तोलामा २० रुपैयाँले बढेर १ हजार ४ सय ४५ रुपैयाँमा काराेवार भइरहेकाे छ।
प्रतिक्रिया