छायाँ सरकारका गृहमन्त्री र रवि लामिछानेबीच भेट

छायाँ सरकारका गृहमन्त्री र रवि लामिछानेबीच भेट


प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एवं छायाँ सरकारका गृहमन्त्री दिलेन्द्रप्रसाद बडुले प्रहरी हिरासतमा रहेका पत्रकार रवि लामिछानेसँग भेट गरेका छन् । भेटमा रविले आफू निश्पक्ष छानबिनको लागि सहयोग गर्ने बताएको नेता बडुले बताए।

नेता बडुले जिल्ला प्रहरीका कार्यालय चितवन पुगेर प्रहरी प्रमुख र प्रमुख जिल्ला अधिकारीलाई कुनै पक्षप्रति पूर्वाग्रही नभइ छानबिन गर्न माग गरेका छन् ।

पत्रकार शालिकराम पुडासैनीको मृत्युको विषयमा अनुसन्धान गर्न प्रहरीले लामिछानेसहित युवराज कँडेल र आस्मिता कार्कीलाई पक्राउ गरेको थियो । उनीहरुमाथि थप अनुसन्धान गर्न जिल्ला अदालतले पाँच दिनको म्याद दिएको छ ।

Logo