एनटिसीको अफर: ३३ रुपैयामा चाहे जति फोन, एसएमएस र डाटा

एनटिसीको अफर: ३३ रुपैयामा चाहे जति फोन, एसएमएस र डाटा


प्रजातन्त्र दिवसको अवसरमा नेपाल टेलिकमले अनलिमिटेड अफर ल्याएको छ । टेलिकमले आफ्ना प्रयोगकर्ताको लागि एकै स्किम मार्फत अनलिमिटेड भ्वाइस, डाटा, र एसएमएसको अफर ल्याएको हो ।

यस अफर अन्तर्गत प्रयोगकर्ताले ३३ रुपैयाँमा २ घण्टासम्म फोनमा चाहे जति कुरा गर्न, चाहे जति एसएमएस पठाउन र डाटा चलाउन सक्ने टेलिकमले जनाएको छ । डाटा चलाउंदा भने १ जीबी डाटा प्रयोग गरेपछि स्पिड २५६ केबीपीएस कायम हुने छ ।

यो अफर फागुन ७ देखि १३ गतेसम्म लागु हुने।  यो अफर प्रयोग गर्नका लागि *१४१५# डायल गरेर सुबिधा लिन सकिने टेलिकमले जनाएको छ ।

Logo