बिहिबार डडेल्धुराको रडुवाखोलामा भएको बस दुर्घटनामा घाइतेको सबै उपचार खर्च सुदूरपश्चिम प्रदेश सरकारले व्यहोर्ने भएको छ । "/>

डडेल्धुरा बस दुर्घटना: घाइतेहरुको उपचार खर्च प्रदेश सरकारले व्यहोर्ने

डडेल्धुरा बस दुर्घटना: घाइतेहरुको उपचार खर्च प्रदेश सरकारले व्यहोर्ने


बिहिबार डडेल्धुराको रडुवाखोलामा भएको बस दुर्घटनामा घाइतेको सबै उपचार खर्च सुदूरपश्चिम प्रदेश सरकारले व्यहोर्ने भएको छ । मुख्यमन्त्री त्रिलोचन भट्टले सेती अञ्चल अस्पताल र माया मेट्रो अस्पताल पुगेर घाइतेहरुलाई भेटी सम्पूर्ण उपचार खर्च प्रदेश सरकारले व्यहोर्ने घोषणा गरेका हुन् ।

मुख्यमन्त्री भट्टले घाइतेको उपचारमा कुनै कमी नगर्न समेत निर्देशन दिएका छन् । मुख्यमन्त्री भट्टसगै घाइतेहरुलाई भेटन सामाजिक विकाश मन्त्री कृष्णराज सुवेदी र भौतिक पूर्वाधार विकाश मन्त्री पठान सिह बोहरा पनि अस्पताल पुगेका थिए ।

दुर्घटनामा २६ जना घाइते भएका छन् । घाइतेहरु मध्ये १३ जनाको उप क्षेत्रीय अस्पताल डडेल्धुरामा उपचार भइरहेको छ भने गम्भीर घाइते ११ जनालाई थप उपचारका लागि कैलाली पठाईएको छ। डडेल्धुराको उग्रतारा मन्दिरको जात्रा हेरेर फर्किरहेका यात्रु चढेको बस दुर्घटनामा परेको थियो ।

यो पनि 

डडेल्धुरा बस दुर्घटनामा मृतक सबैको सनाखत

Logo