खाना पकाउने ग्याँसलाई विस्थापित गर्छाैः कुलमान घिसिङ (भिडियो)

खाना पकाउने ग्याँसलाई विस्थापित गर्छाैः कुलमान घिसिङ (भिडियो)


सरकारले बेगनास र रुपातालमापनिविद्युतउत्पादनगर्ने योजना सार्वजनिक गरेको छ ।

नेपालविद्युतप्राधिकरणका कार्यकारी निर्देशककुलमान घिसिङले बेगनास र रुपा तालबाट पनिविद्युतउत्पादनगर्ने योजना सार्वजनिक गरेका हुन् । काठमाडौंमाआयोजित एक कार्यक्रममा बोल्दै उनले खाना पकाउने ग्याँसलाई विस्थापितहुनेगरी प्राधिकरणले विभिन्न तालहरुबाट पनि विद्युत उत्पादन गर्ने योजना अघि सारेको स्पष्ट पारे ।

पम्प स्टोरेज विधिबाट दुवै तालमाविद्युतउत्पादनगर्ने प्राधिकरणको योजना छ । प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले विद्युतप्रशारण लाईनलाई स्मार्ट बनाउने योजनालाई पनिउच्चप्राथमिकतादिइएको पनि जानकारी दिए ।

प्राधिकरणले पाँच वर्षभित्र विद्युतबाटै खाना पकाउन आवश्यक व्यवस्था गर्ने लक्ष्य पनि लिएको छ । प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले नेपालमाविद्युतलाई भरपर्दो उर्जा शक्तिको रुपमा विकास गर्न कुनै कठिनाई नरहेको पनि बताउनु भयो ।

घिसिङकै पहलमालोडसेडिङ मुक्त देश घोषणा भएको थियो । यसअघि नेपालमा दैनिक १८ घण्टासम्म लोडसेडिङ भएको थियो ।

Skip This
Logo