नेपालमै पहिलोपटक ‘चिकित्सा शब्दसागर’ सार्वजनिक

नेपालमै पहिलोपटक ‘चिकित्सा शब्दसागर’ सार्वजनिक


नेपालमा पहिलोपटक चिकित्सा सम्बन्धी सम्पूर्ण शब्दको परिभाषा समेटिएको शब्दकोष ‘चिकित्सा शब्दसागर’ सार्वजनिक भएको छ।

विनयकुमार शर्मा नेपाल, प्रकाशमणि दाहाल, डा. कमल लम्साल र डा. विपिन नेपालको उक्त चिकित्सा शब्दसागरमा चिकित्सा, नर्सिङ र एलाइड हेल्थसँग सम्बन्धित ५० हजारभन्दा बढी शब्दहरु छन्। उक्त शब्दकोष अंग्रेजी र नेपाली भाषामा छ। ८ वर्ष लगाएर तयार पारिएको ‘चिकित्सा शब्दसागर’ १९२० पेजको रहेको छ। यसलाई शब्दार्थ प्रकाशनले प्रकाशन गरेको हो। यस प्रकाशनले यस अघि गणित शब्दकोष पनि सार्वजनिक गरिसकेको छ।

आज प्रज्ञा प्रतिष्ठान कमलादीमा एक कार्यक्रमका बीच प्रा.डा दिव्यासिंह शाह, प्रा.डा. राजेन्द्र कोजु र डा. मोहनकृष्ण श्रेष्ठले ‘चिकित्सा शब्दसागरको संयुक्तरुपमा विमोचन गरेका हुन्।

कार्यक्रमका प्रमुख अतिथी एवं त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानकी डिन प्रा.डा. दिब्यासिंह शाहले नेपाली भाषामा आएको ‘चिकित्सा शब्दसागर’ले चिकित्सा विज्ञानलाई नेपाली बुझ्न सघाउने बताइन् । उनले नेपाली भाषाका क्षेत्रमा यो नयाँ र महत्वपूर्ण उपलब्धि भएको उल्लेख गर्दै लेखक तथा सम्पादकलाई धन्यवादसमेत दिइन्।

प्रा. राजेन्द्र सुवेदीको सभापतित्वमा सम्पन्न कार्यक्रम यादव भट्टराईले सञ्चालन गरेका थिए। उक्त कार्यक्रममा सम्पादक विनयकुमार शर्मा नेपालले स्वागत गर्दै पुस्तकको गर्भको इतिहास बताए। यसैगरी पुस्तकको बारेमा प्राडा. लक्ष्मण गौतमले प्रकाश पारेका थिए।

Logo