ट्याक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

ट्याक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु


सर्लाहीमा ट्याक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा रामनगर गाउँपालिका–५ का २२ वर्षीय रमेशकुमार यादव रहेका छन् ।

गिटी लोड गरेको ना ७त १७३५ नम्बरको ट्याक्टरले धनकौल गाउँपालिका–२ स्थित मधुवनी सडक खण्डमा आइतबार राति ठक्कर दिँदा बीआर ३० क्यू ४१०२ नम्बरको मोटरसाइकलमा सवार यादवलाई ठक्कर दिएको थियो ।

ठक्करबाट गम्भीर घाइते भएका यादवको उपचारका क्रममा आज मृत्यु भएको प्रहरीले जनाएको छ । 

Logo