उपचाररत पूर्व मुमाबडामहारानी रत्नको रगतमा संक्रमण

उपचाररत पूर्व मुमाबडामहारानी रत्नको रगतमा संक्रमण


काठमाडौं

थापाथलीस्थित नर्भिक अस्पतालमा उपचाररत पूर्व मुमाबडामहारानी रत्न राज्यलक्ष्मी शाहको रगतमा संक्रमण भएको चिकित्सकहरुले जनाएका छन् ।

ज्वरो तथा पखालाको समस्या देखिएपछि उनलाई उपचारका लागि तीन दिन अघि नर्भिक अस्पताल भर्ना गरिएको थियो ।

अस्पतालमा उपचारका क्रममा उनको शरीरमा कडा संक्रमण भेटिएको हो । संक्रमण देखिए लगत्तै चिकित्सकले उनलाई संक्रमण घटाउने औषधि दिएका छन् ।

संक्रमणका कारण ९१ वर्षिय शाहको सेता रक्तकोषको मात्रा बढेर ३० हजार प्रति एमसिएल भएको पाइएको थियो । सामान्य अवस्थामा यो उमेरको व्यक्तिमा ३ हजार देखि ५ हजार प्रति एमसिएल सेता रक्तकोष हुनुपर्ने चिकित्सकको भनाई छ ।

उनको स्वास्थ्यमा सुधार आइरहेको उपचारमा संलग्न एक चिकित्सकले जानकारी दिए । डा. खगेन्द्र बहादुर श्रेष्ठ, डा ब्रजेन्द्र श्रीवास्तव, डा.मधु घिमिरेसहितको टोली शाहको उपचारमा संलग्न छ ।
राजधानीबाट

Logo