‘मुलुकको हित र संविधानको रक्षाका लागि गठबन्धन’: महामन्त्री शर्मा

‘मुलुकको हित र संविधानको रक्षाका लागि गठबन्धन’: महामन्त्री शर्मा


नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले मुलुकको हित र संविधानको रक्षाका लागि पाँचदलीय गठबन्धन बनेको बताएका छन्। उनले कुनै दलसँग डराएर गठबन्धन दलबीच तालमेल नभएको स्पष्ट पारे।  

नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) को संयुक्त गठबन्धनले बिहीबार नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) को सुनवलमा आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै नेता शर्माले समाजको हितलाई सम्झेर स्थानीय निर्वाचनमा मतदान गर्न आग्रह गरे। “मतदान गर्दा आफू, परिवार, समाज र नगरको हितलाई केन्द्रमा राखौँ, योग्य उम्मेदवारलाई नगरको साँचो सुम्पिऔँ”, उनले भने । 

माओवादी केन्द्रका नेता एवं लुम्बिनी प्रदेश योजना आयोगका उपाध्यक्ष वामदेव क्षेत्रीले स्थानीय सरकारको अनुभूतिका लागि गठबन्धन बनाइएको बताए। अघिल्लो स्थानीय तह निर्वाचनबाट जनअपेक्षा पूर्ण हुन नसकेको उनको भनाइ थियो । 

Logo