बालबालिकाको निःशुल्क उपचार कार्यान्वयन गरेर छाड्ने मुख्यमन्त्री कार्कीको दाबी

बालबालिकाको निःशुल्क उपचार कार्यान्वयन गरेर छाड्ने मुख्यमन्त्री कार्कीको दाबी


कोसी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले कोसी प्रदेश सरकारले बजेटमा घोषणा गरेको १० वर्षमूनिका बालबालिकाको निःशुल्क उपचार कार्यान्वयन गरेरै छाड्ने बताएका छन्।

विराटनगरस्थित न्युरो कार्डियो एण्ड मल्टिस्पेशलिटी अस्पताल (न्युरो अस्पताल)ले सुरु गरेको नयाँ एमआरआइ सेवा र नयाँ भवनको उद्घाटन गर्दै मुख्यमन्त्री कार्कीले बालबालिकाको निःशुल्क उपचार घोषणा कार्यान्वयन गरेरै छाड्ने बताएका हुन्।

उनले भने, ‘निःशुल्क उपचार घोषणामा मात्रै सीमित हुँदैन।कार्यान्वयनका लागि प्रदेश सरकारले काम अघि बढाइसकेका छौँ।’ प्रदेश सरकार स्वास्थ्य र शिक्षाको क्षेत्रमा नयाँ तरिकाबाट अघि बढेको बताउँदै, मुख्यमन्त्री कार्कीले भने, ‘कोसी प्रदेश सरकार सहज रूपमा जनतालाई सेवा उपलब्ध गराउन अघि बढी सकेको छ।

सरकारको नीति नियममा रहेर निजी अस्पताल काम गरे डराउनुपर्ने छैन। नियम विपरीत कोही जान्छ भने सरकारले त्यस्तालाई कारबाहीको दायरमा ल्याएर कानुन बमोजिम गर्न पछि हट्दैन। नाफा मुखीभन्दा पनि सेवा मुखी हुन आग्रह गर्दछु।’ विराटनगरको न्युरो अस्पतालले अत्याधुनिक एमआरआई मेसिनसहित नयाँ ६ तले भवनमा बिहीबारदेखि सेवा सुरु गरेको छ।

Logo