अध्यक्ष प्रचण्ड र भारतीय राजदूत श्रीवास्तवबीच भेटवार्ता

अध्यक्ष प्रचण्ड र भारतीय राजदूत श्रीवास्तवबीच भेटवार्ता


नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र नेपालस्थित भारतीय राजदूत नविन श्रीवास्तवबीच भेटवार्ता भएको छ । शनिबार प्रचण्ड निवास खुमलटारमा उनीहरूबीच भेटवार्ता भएको हो ।

भारतीय राजदूत नविन श्रीवास्तव खुमलटारमै पुगेर अध्यक्ष प्रचण्डसँग भेटवार्ता गरेको प्रचण्डको सचिवालयले जनाएको छ । प्रचण्ड र श्रीवास्तवबीच समसमायिक विषयमा पनि छलफल भएको थियो ।

यसअघि राजदूत श्रीवास्तवले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेका थिए । 

Logo