छिट्टै भारत भ्रमण गर्दैछु, तयारी राम्रो गरिन भने अप्ठ्यारो आउन सक्छः प्रधानमन्त्री प्रचण्ड

छिट्टै भारत भ्रमण गर्दैछु, तयारी राम्रो गरिन भने अप्ठ्यारो आउन सक्छः प्रधानमन्त्री प्रचण्ड


प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू चाँडै भारत भ्रमणमा जाने बताएका छन्। 

शनिबार नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठानको केन्द्रीय सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले आफू भारत भ्रमणको तयारीमा रहेको बताएका हुन्। ‘मेरो छिट्टै छिमेकीहरूसँगको भ्रमण हुँदै छ। अहिले तयारी राम्रो गरिएन भने राष्ट्रको समग्र हित र स्वार्थलाई व्यवस्थित रूपले राख्न सकिएन भने त्यसले अप्ठ्यारो आउन सक्छ,’ उनले भने।  

प्रधानमन्त्री प्रचण्ड चाँडै भारत भ्रमणको तयारीमा छन्। उनको भ्रमण तालिका भने सार्वजनिक भइसकेको छैन।

Logo