एमालेको नाममा लुकेर बस्ने भ्रष्टलाई सबैभन्दा पहिले कारवाही हुनुपर्छः महेश बस्नेत

एमालेको नाममा लुकेर बस्ने भ्रष्टलाई सबैभन्दा पहिले कारवाही हुनुपर्छः महेश बस्नेत


नेकपा एमालेका नेता महेश बस्नेतले एमालेको नाममा लुकेर बस्ने भ्रष्टलाई सबैभन्दा पहिले कारवाही गर्नुपर्ने बताएका छन् । 

राष्ट्रिय युवा संघ नेपालले ३४औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा नेता बस्नेतले एमालेको नाममा कोही लुकेर बसेको छ भने उनीहरुलाई एक नम्बरमा कारवाही गर्नुपर्ने र त्यसका लागि एमाले आफै अघि सर्ने बताएका हुन् । 

सत्य, तथ्य छानबिन गरेर कुनै दबाब र प्रभावमा नपरि भ्रष्टाचारीलाई कारवाही गर्नुपर्ने र यसमा नेकपा एमालेले सधैँ साथ दिने उनको भनाई छ । 

‘नेकपा एमालेको एउटा स्पष्ट धारणा सत्य तथ्य छानबिन गर्ने कुरामा कुनै दबाब र प्रभावमा सम्बन्धित निकाय पर्नु हुन्न, भ्रष्टाचारीलाई कारवाही गर्नुपर्छ । एमाले नै पहिलो पार्टी हो जले भ्रष्टाचारको कुरा अगाडि ल्याएको हो ।’ उनले भने, ‘नेकपा एमालेले भ्रष्टाचारको हरेक केशमा साथ दिन्छ । एमालेको नाममा कोही लुकेर बसेको छ भने उनिहरुलाई एक नम्बरमा कारवाही गर्नुपर्छ ।’

Logo