प्रिमियर लिगमा चेल्सीको १६औँ हार

प्रिमियर लिगमा चेल्सीको १६औँ हार


इंग्लिस प्रिमियर लिगको जारी खेलमा म्यानचेस्टर युनाइटेडले जीत हासिल गरेको छ। युनाइटेडले घरेलु मैदानमा चेल्सीलाई ४-१ को अन्तरले पराजित गरेको हो। प्रिमियर लिगमा चेल्सीको यो १६औँ हार हो।

ओल्ड ट्राफोर्डमा बिहीबार राति भएको खेलको सुरुवाती छैटौँ मिनेटमा क्यासमिरोले सुरुवाती गोल गरेर म्यानचेस्टरलाई सुरुवाती अग्रता दिलाएका थिए भने पहिलो हाफको इन्ज्युरी समयमा मार्सियालले थप गोल गरेपछि उसको अग्रता दोब्बर हुन पुग्यो।

पहिलो हाफमा २-० ले अघि बढेको म्यानचेस्टरले ७३औँ मिनेटमा पेनाल्टी पायो। ब्रुनो फर्नान्डेसले पेनाल्टीमार्फत सानदार गोल गरे पछि म्यानचेस्टर ३-० को फराकिलो अन्तरसहित अघि बढने मौका पायो। 

त्यसको केही मिनेट पछि नै अर्थात ७८औँ मिनेटमा मार्कस रासफर्डले गोल गर्दै युनाइटेडले ४-० को फराकिलो जीतको दावेदारी प्रस्तुत गरे पनि ८९औँ मिनेटमा चेल्सीका जोआओ फेलिक्सले गोल फर्काएपछि खेल ४-१ मा रहन पुग्यो।

तर, त्यसपछि दुवै पक्षबाट कुनै गोल हुन नसकेपछि म्यानचेस्टर ४-१ को फराकिलो अन्तरसहित बिजयी हुन सफल भयो।  यस जितसँगै म्यानचेस्टरले ३७ खेलबाट ७२ अंक जुटाएको छ भने चेल्सी समान ३७ खेलबाट ४३ अंक जोडेर १२औँ स्थानमा रहेको छ ।

Logo