हवाई आक्रमणमा परी १८ तालिबान लडाकू मारिए

हवाई आक्रमणमा परी १८ तालिबान लडाकू मारिए


अफगानिस्तानको पूर्वी प्रान्त नान्गार्हारमा तालिबान लडाकू समूहका आखाडालक्षित अफगान हवाइ बलको आक्रमणमा परी कम्तीमा १८ तालिबान लडाकू समूहका सदस्यहरु मारिएका स्थानीय सरकारले शनिबार पुष्टि गरेको छ ।  

नान्गार्हार प्रान्तको पश्चिम भागमा रहेको शिर्जाद जिल्लाको पहाडी इलाकामा हवाई आक्रमण भएको सरकारी निकायद्धारा जारी विज्ञप्तिमा जनाइएको छ ।  

मारिएका ती तालिबान लडाकूमा १० जना रेड युनिटका सदस्य अर्थात विशेष लडाकू रेजिमेन्टका सदस्य थिए । मारिएका यी सदस्यमा विभागीय तालिबान लडाकू समूहका सेनापति खालिद पनि रहेका जारी विज्ञप्तिमा जनाइएको छ । रेड युनिटका १० जना लडाकू पनि घाइते भएका पनि जनाइएको छ ।  

आफ्नो स्थिति सुदृढ पार्ने प्रयास गरिरहेका तालिबानी आतंककारीहरूको विरुद्ध अफगान सुरक्षा बलले आक्रमणलाई अझ तीव्र पारेको छ । रासस

Logo