कतारमा देश बाहिर कोरोनाविरुद्ध खोप लगाएका ब्यक्ति क्वारेन्टाइन बस्नु नपर्ने

कतारमा देश बाहिर कोरोनाविरुद्ध खोप लगाएका ब्यक्ति क्वारेन्टाइन बस्नु नपर्ने


कतार भन्दा बाहिर खोप लगाएको कुनै पनि खोपलाई मान्यता नदिएको कतारले आफ्नो नीति परिवर्तन गरेको छ । परिवर्तित नीति अनुसार कतार बाहिर रहँदा फाइजर, बायोनटेक भ्याक्सिन, मोर्डना, आस्ट्राजेनेका र जोन्सन एण्ड जोनसन खोप लगाएकाहरुलाई होटेल क्वारेन्टाइन बस्न नपर्ने भएको छ । तर त्यसका लागि कतार सरकारले तोकेका मापदण्ड भने पालना गर्नु पर्नेछ। 

स्वास्थ्य मन्त्रालयले जनाए अनुसार क्वारेन्टाइन को छुट प्राप्त गर्न जोनसन खोपको पहिलो डोज लगाएको हुनु पर्ने र यो बाहेकका अन्य दुई खोप लगाई सकेको हुनुपर्नेछ । तर खोप लगाएको १४ दिन पुगीसकेको हुनु पर्नेछ भने खोप लगाएको आधिकारिक प्रमाण पेश गर्नु पर्नेछ। जसमा खोपको नाम र सिरियल नम्बर, कतार प्रवेश गर्नु अगाडि कोरोनाको नेगेटिभ पिसिआर रिपोर्ट पनि हुनु पर्नेछ। 

खोप लगाएको मिति स्पष्ट हुनु आवस्यक छ भने  मोबाइलमा एतराज एप ग्रिन हुनु पर्नेछ। खोप लगाएको १४ दिन नपुगेको अवस्थामा क्वारेन्टाइन बस्नु पर्ने मन्त्रालयले जनाएको छ।

Logo