म्यानमारका राजदूतलाई छिर्न दिइएन आफ्नै दूतावासमा

म्यानमारका राजदूतलाई छिर्न दिइएन आफ्नै दूतावासमा


बेलायतका लागि म्यानमारका राजदूत क्यए वार मिनलाई बुधबार आफ्नै राजदूतावासभित्र प्रवेश रोकिएको छ।

फेब्रुअरी १ मा म्यानमारमा भएको सैनिक कूको विरोध गरेका र प्रजातन्त्रवादी नेता आङ सान सुचीलगायतको रिहाइ माग गरेका राजदूत मिनले दूतावासका सैनिक सहचारीको नेतृत्वमा आफूलाई दूतावासबाहिरै राखिएको बताएका छन् ।

उनले यसलाई पनि सैनिक कूको निरन्तरता भनेका छन् । दूतावासका अरू कर्मचारीहरू भित्रै रहेका बेला आफूलाई घन्टौंसम्म पनि प्रवेश नदिइएको उनले बताए । स्रोतलाई उद्धृत गर्दै सिएनएनले सैनिक सहचारीले दूतावासलाई नियन्त्रणमा लिएको उल्लेख गरेको छ।

'यसबारे प्रतिक्रिया लिन खोज्दा दूतावासको फोन नउठेको र इमेलमा पनि जवाफ आएन,’ सिएनएनले भनेको छ।

Logo