बेलायतमा कोरोनाको तेस्रो लहर आउन सक्ने सम्भावना

बेलायतमा कोरोनाको तेस्रो लहर आउन सक्ने सम्भावना


बेलायतमा कोभिडको तेस्रो लहर आउन सक्ने सम्भावना बढदै गएको बताइएको छ । जनसंख्याको करिब २७९ प्रतिशतलाई कोरोना परिक्षण गरिसक्दा पनि बेलायतमा संक्रमण दर बढेको देखिएको छ । हाल बेलायतको जनसंख्याको हिसाबबाट १० लाखमा करिब १०० जनामा कोरोना संक्रमण देखिन थालेको छ ।     

सरकारको सल्लाहकार समेत रहेका एकजना वैज्ञानिकका अनुसार यसै क्रममा बढ्दै जाने हो भने बेलायत कोभिड १९ को तेस्रो लहरको पनि चपेटामा पर्न सक्ने भन्दै सरकारलाई चेतावनी दिएकाे छ । 

बृटिश प्रजातिका नयाँ सङक्रमितहरु थपिने क्रम जारी नै रहेकोले त्यस्तो अवस्था आएको क्याम्ब्रिज विश्वविद्यालयका प्राध्यापक रवि गुप्ताले बताएका हुन् । बेलायतमा गत २४ घण्टामा ६ हजार ४९ जना कोरोना सङ्क्रमित भेटिएका छन् । बेलायतमा देखा परिरहेका सङक्रमितहरुको संख्या थोरै देखिए तापनि बेलायतकै दरमा भारतमा यसैगरी सङ्क्रमित भेटिने हो भने एक दिनमा करिब १ लाख ४० हजार हुन्छ ।

यसैगरी विश्वका अन्य मुलुक ब्राजिलमा २१ हजार ३९० जनामा, अमेरिकामा ३३ हजार २०० जनामा, नेपालमा ३ हजार जनामा, नाइजेरियामा २१ हजार ११० जनामा,  अष्ट्रेलियामा २ हजार ५७८ जनामा दैनिक रुपमा कोरोना संक्रमण देखिनु हो । करिब करिब कोरोना संक्रमणलाई  नियन्त्रणमा लिएको बेलायतमा हाल देखा परेको यस संक्रमण दरले विश्वलाई हेर्ने हो भने एक दिनमा कोरोना संक्रमण संख्या ७ लाख ८७ हजार १४५ जना हुने देखाउँछ । 

प्राध्यापक गुप्ताका अनुसार बेलायतमा देखिएका कोरोना सङ्क्रमितको संख्या अहिलेको लागि थोरै जस्तो लाग्छ तर पछि गएपछि यी संख्या पनि धेरै नै हुदै जानेछन् । सुरुमा देखिँदा जुनसुकै भेरिएन्ट पनि सानो संख्यामा नै देखा परेका थिए र अब तिनै सानोबाट नै धेरैमा फैलिन सक्ने अवस्था हिजोको जस्तो हुन पनि सक्छ– उनले भने । बेलायतमा दुई महिना अघि भेटिएको भनिएको कोभिड १९ को बृटिश भेरिएन्टलाई निकै खतरानाक भनिएको छ ।

Skip This
Logo