आहा आउडी : नेपाल भित्रिएको जर्मनी विलासी गाडी ‘आउडी’ का आकर्षक दृश्यहरु [फोटो फिचर ]

आहा आउडी : नेपाल भित्रिएको जर्मनी विलासी गाडी ‘आउडी’ का आकर्षक दृश्यहरु [फोटो फिचर ]


 

आधिकारिक रुपमा नेपाल भित्रियो जर्मनीको विलासी कार ‘अउडी’ जर्मनी विलासी कार ‘अउडी’ आधिकारिक रुपमा नेपाल भित्रिएको छ ।

काइरोस इन्टरनेसनल काठमाडौंले ‘अउडी’का विद्युतीय कार आधिकारिक बिक्रेताको रूपमा ल्याएको हो । सुरूमा कम्पनीले ‘अउडी’का क्यू फोर ३५ का दुई भेरियन्ट नेपाल ल्याएको छ । सुरुवाती चरणमा काइरोसले ‘अउडी’का क्यू फोर ३५ ई–ट्रोनको दुई भेरियन्ट ल्याएको छ ।

यो विद्युतीय ५५ किलोवाट आवरको लिथियम आयन ब्याट्री प्याक रहेको छ । उक्त कारमा रहेको मोटरको पिकपार १ सय २५ किलोवाट रहेको छ । ‘अउडी’को यो कारले एक पटकको फुल चार्जमा ३ सय ४९ किलोमिटर रेन्ज रहेको डब्लूएलटीपीले प्रमाणित गरेको छ । ‘अउडी’को विद्युतीय कार उत्कृष्ट विशेषतायुक्त रेहको विश्वका विभिन्न देशमा ‘अउडी’को ई–ट्रोन सेगमेन्टमा विद्युतीय कारको निक्कै चर्चा हुने गरेको पाईन्छ । जर्मनीमा उत्पादित उच्च गुणस्तरीय विद्युतीय कार नेपाली उपभोक्तालाई उपलब्ध गराउने उद्देश्यले काइरोसले ‘अउडी’का विद्युतीय कार नेपाल भित्र्याएको हो ।

तस्विरहरु…

 

Logo