यो साता सुनको मूल्यमा वृद्धि, चाँदी घट्याे

यो साता सुनको मूल्यमा वृद्धि, चाँदी घट्याे


यो साता विश्व बजारमा सुनको मूल्य बढेको छ । मध्यपूर्व क्षेत्रमा चर्किएको द्धन्दसँगै लगानीकर्ताहरुले सुनलाई सुरक्षित लगानीको क्षेत्रका रुपमा लिँदै यसतर्फ आकर्षण बढाए पछि सुनको मुल्य वृद्धिमा चाप परेको विश्लेषकहरुको आँकलन छ ।

नेपाली बजारमा साताको पहिलो दिन आइतबार प्रति १० ग्राम १ लाख ९ सय ९५ रुपैयाँ रहेको सुनको मूल्य साताको दोस्रो दिन १ लाख २ हजार ४ सय ५० पुगेर त्यसपछिका दिनमा केही घटेको भए पनि साताको पछिल्लो कारोबार भएको दिन शुक्रबार फेरि उकालो लागेर १ लाख १ हजार १ सय ६५ कायम भयो । यो मूल्य साताको पहिलो दिनको तुलनामा अन्तिम दिन प्रति १० ग्राम १ सय ७० रुपैयाँले बढी हो ।

यो साता नेपाली बजारमा चाँदीको मूल्य भने घटेको छ । साताको पहिलो दिन आइतबार १ हजार २ सय ४७ रुपैयाँ ५० पैसा रहेको चाँदीको मुल्य साताको अन्तिम कारोबार भएको दिन शुक्रबार प्रति १० ग्राम १ हजार १ सय ९६ कायम भयो ।

Logo