पुलित्जर पुरस्कार विजेता कविहरूद्वारा केएमसी स्कुल बागबजारकाे भ्रमण

पुलित्जर पुरस्कार विजेता कविहरूद्वारा केएमसी स्कुल बागबजारकाे भ्रमण

केन्द्रबिन्दु
12
Shares

काठमाडौं । पुलित्जर पुरस्कार विजेता तथा अन्तर्राष्ट्रिय ख्यातिप्राप्त कविहरूले बुधबार काठमाडौंको बागबजारस्थित काठमाडौं मोडेल सेकेन्डरी स्कुल (केएमसी)को भ्रमण गरेका छन्।

‘हिमालयन लिटरेचर फेस्टिभल’ का क्रममा नेपाल आएका लेखक, कवि, पत्रकार तथा विद्वानहरूको टोलीले केएमसीको अवलोकन गर्नुका साथै शिक्षकहरू र कलेजका पदाधिकारीसँग अन्तरक्रिया गरेको हो।

भ्रमण टोलीमा पुलित्जर पुरस्कार विजेता तथा अमेरिकाकी पूर्व पोएट लरिएट (कवि पुरस्कार विजेता) ट्रेसी के. स्मिथ र पुलित्जर पुरस्कार विजेता कवि पल मुल्डुनलगायतका साहित्यकार सहभागी थिए।

कार्यक्रममा केएमसीका प्रमुख सुरेन्द्र सुवेदीले भ्रमण टोलीलाई स्वागत गर्दै अन्तर्राष्ट्रिय साहित्यिक व्यक्तित्वहरूको उपस्थितिले विद्यालयलाई विश्व साहित्यिक समुदायसँग जोड्ने अवसर प्रदान गरेको बताए ।

भ्रमणका क्रममा साहित्य, लेखन तथा सिर्जनात्मक अभिव्यक्तिका विषयमा छलफल र अनुभव आदानप्रदान गरिएको विद्यालयले जनाएको छ । सन् २००० मा स्थापना भएको केएमसीले विद्यालय तथा उच्च माध्यमिक तहमा शिक्षा प्रदान गर्दै आएको छ। यस संस्थाले आईएसओ ९००१ः२०१५ प्रमाणीकरण प्राप्त गर्दै आफ्नो सेवालाई अन्तर्राष्ट्रिय मापदण्डमा उभ्याएको छ ।

Logo