सधैं दौड- धुप सधैं ब्यस्त कति हुत्तिन्छौ तिमीसगैं हिड्ने रहर छ मलाई किन उछिन्छौ तिमी कहिलेकाहीं त मलाई पनि समय देउ न भन्छुउपहार स्वरूप मलाई घडी पठाइदिन्छौ तिमी काम मात्र प्यारो तिम्रो मेरो चाहिं छैन वास्ताजागीरको तापमा सधैं कति उसिनिन्छौ तिमी भरी भई पोखिंदा पो क्या मजा हुन्थ्यो होलाउम्लिएर एक्लै बढ्दा कुन बेला रित्तिन्छौ तिमी…