आमा, तिम्रो काखबाट निस्किएँ जब,सपना बोकेर यो शहर आएँ म।तिमीले सिकायौँ सत्य बोल्न,त्यही सत्य लेख्न आज जुटेँ म।भिडभाडमा हराएझैँ लाग्दा,तिम्रो सम्झनाले बाटो देखाउँछ।आमा, तिम्रो माया नै हो,जसले मलाई बलियो बनाउँछ। आमाको मुख हेर्ने दिन आयो आज,तर, म खबरकै पछि दौडिँदै छु आज।बन्दुक होइन, कलम समातेर,सत्यको बाटोमा हिँड्दै छु म आज।तिम्रो आशीर्वाद मेरो साथमा छ,त्यसैले त…