काठमाडौं । वसुन्धरा-मान प्रज्ञाप्रतिष्ठानले यस वर्षको वसुन्धराश्री पुरस्कार वरिष्ठ साहित्यकार लोकेन्द्रबहादुर चन्दलाई प्रदान गर्ने निर्णय गरेको छ भने मानश्री पुरस्कार बोधिसत्त्व स्वामी आनन्द अरुणलाई दिने घोषणा गरेको छ।
प्रज्ञाप्रतिष्ठानको बैठकले नेपाली साहित्यलाई समृद्ध बनाउन चन्दले पुर्याएको योगदानको उच्च मूल्यांकन गर्दै उनलाई सम्मानित गर्ने निर्णय गरेको हो। कथा, नाटक र निबन्धमार्फत उनले नेपाली वाङ्मयलाई उचाइमा पुर्याएको ठहर गरिएको छ।
त्यस्तै, योग, ध्यान र आध्यात्मिक दर्शनमार्फत नेपाली सभ्यता र दर्शनलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन भूमिका खेलेको भन्दै स्वामी आनन्द अरुणलाई मानश्री पुरस्कार प्रदान गरिने भएको हो।
दुवै पुरस्कारको राशि जनही ७५ हजार रुपैयाँसहित सम्मानपत्र रहेको छ। यी निर्णयले साहित्य र अध्यात्म क्षेत्रमा योगदान दिने व्यक्तिहरूको कदर गरिएको सन्देश दिएको छ।































प्रतिक्रिया