‘बोकेदाह्री’ लघुकथा सङ्ग्रहको परिचर्चा कार्यक्रम सम्पन्न

‘बोकेदाह्री’ लघुकथा सङ्ग्रहको परिचर्चा कार्यक्रम सम्पन्न

केन्द्रबिन्दु
183
Shares

काठमाडाैं । छहरा साहित्य समाज, धापासीले ह्वाइट माउन्टेन स्कुलको सभाकक्षमा योगेन्द्र तिमिल्सिनाको लघुकथासङ्ग्रह “बोकेदाह्री”को परिचर्चा कार्यक्रम सम्पन्न गरेको छ । यो कार्यक्रम छहरा साहित्य समाजका सदस्यहरुका निम्ति आयोजना गरिएको थियो ।

सभाध्यक्ष, विशेष अतिथि जस्ता औपचारिक पद सिर्जना नगरी अनौपचारिकरुपमा कार्यक्रम सञ्चालन गरिएको थियो । संस्थाका उपाध्यक्ष तोया गौतमले सहजीकरण गर्नु भएको सो कार्यक्रममा वक्ताहरुले बोकेदाह्री लघुकथासङ्ग्रहभित्रका आफूलाई मन पर्ने कथाहरुको चर्चा गरेका थिए ।

प्रा. नारायण प्रसाद कट्टेलले लघुकथासङ्ग्रहभित्रका केही लघुकथाका विशेषताहरुको चर्चा गरे भने तिलक शर्मा पौडेल, भोला प्रेमी, मीता तिमिल्सिना, भगवती सापकोटा, सारा तिमिल्सिना, आनन्द पौड्याल, ज्ञानेन्द्र प्रसाद दाहाल, रमा शर्मा, रघुनाथ आचार्य र जगन्नाथ देवकोटाले आ–आफूलाई मनपर्ने लघुकथाको चर्चा गरेका थिए ।

डा. वासुदेव काफ्लेले कघुकथाकारको लेखकीय परिचय प्रस्तुत गर्दै बोकेदाह्री लघुकथाभित्र परेका केही लघुकथाहरुको चर्चा गरेका थिए । उनले “सम्बन्ध” शीर्षक लघुकथा आफू र आफ्नी आमालाई समेत मन परेको कुरा उल्लेख गर ।

प्रा. गङ्गाधर कट्टेलले बोकेदाह्री लघुकथासङ्ग्रहभित्रका कथाहरुको चर्चा गर्दै आफ्नो समालोचकीय दृष्टिकोण प्रस्तुत गरेका थिए । सहजीकरणकर्ता छहरा साहित्य समाजका उपाध्यक्ष तोया गौतमले आफूले लघुकथासङ्ग्रह भित्रका सबै लघुकथाहरु पढेको र धेरै लघुकथाहरु आफूलाई मन परेको भनी बताए ।

छहरा साहित्य समाजका अध्यक्ष तथा लघुकथासङ्ग्रह बोकेदाह्रीका लेखक तिमिल्सिनाले आफूलाई निकै मनपरेको “मान्छे” शीर्षक लघुकथा वाचन गर्नु भई सहभागीहरुका जिज्ञासाहरुको जवाफ दिएका थिए ।

Logo