काठमाडौं । नेकपा एमालेले पार्टीको सङ्गठित सदस्यता अनलाइन नवीकरणको कार्यलाई सम्बन्धित व्यक्तिको प्रत्यक्ष उपस्थितिमा अविलम्ब अगाडि बढाउने घोषणा गरेको छ ।
राजधानीमा संगठन विभागले आयोजना गरेको २ दिने ‘सदस्यता नवीकरण विस्तार तथा उत्प्रेरणा’ कार्यशालाले १ संगठित सदस्य बराबर न्यूनतम ३ नयाँ पार्टी सदस्य तयार गर्ने संकल्प गरेको हो ।
साथै यो कार्यशालाले गत प्रतिनिधिसभाको निर्वाचनमा मत परिवर्तन गरेका मतदाताहरूलाई पुनः पार्टीका सक्रिय हुन आह्वान गर्दै भनेको छ, ‘सदस्यता नवीकरणको कामलाई अविलम्ब सम्पन्न गरी टोलदेखि वडा, पालिका, जिल्ला, प्रदेश हुँदै सिङ्गो पार्टीलाई पुनर्जागृत गर्ने सङ्कल्प गर्दछ।’





























प्रतिक्रिया