मनाङ राइडमा निस्किँदै नेपालसहित विभिन्न देशका २०० रोयल इन्फिल्ड राइडर

मनाङ राइडमा निस्किँदै नेपालसहित विभिन्न देशका २०० रोयल इन्फिल्ड राइडर


नेपाल, भारत, भुटान र अष्ट्रेलिया लगायत विभिन्न देशका रोयल इन्फिल्ड राइडर मनाङ यात्रामा जाने भएका छन् ।

‘मनाङ म्यानिया’ नामले आयोजना हुन लागेको उक्त राइडमा २०० हाराहारी राइडर सहभागी हुने आयोजक संस्था काठमान्डु लेजेन्ड्सले जनाएको छ । राइड फागुन २५ देखी २८ गतेसम्म चल्नेछ । 

काठमाडौं लेजेन्ड्सका अध्यक्ष रमेश अवालेका अनुसार कार्यक्रममा नेपालका विभिन्न जिल्ला, भारतका विभिन्न राज्य, भुटान र अस्ट्रेलिया लगायत देशबाट रोयल इन्फिल्ड मोटरसाइकल राइडर सहभागी हुनेछन् । यस्तो राइडले उक्त क्षेत्रको पर्यटन प्रबद्र्धनमा थप टेवा पुग्ने विश्वास लिइएको छ ।

रोयल इन्फिल्ड नेपाल प्रमुख प्रायोजक रहने सो कार्यक्रममा कवच गियर, गल्फ ल्युब, सेटाफिल र फिल्ली क्याफे लगायत कम्पनीहरुको सहयोग रहनेछ । 

Logo