नाडा अटो शोमा अवलोकनकर्ताहरुको बाक्लो भिड [तस्विरमा]

नाडा अटो शोमा अवलोकनकर्ताहरुको बाक्लो भिड [तस्विरमा]


काठमाडौँको भृकुटीमण्डपस्थित प्रदशर्नी हलमा सञ्चालन भइरहेको नाडा अटो शो २०२३ मा अवलोकनकर्ताहरुको बाक्लो भिड लागेको छ । शोको तेस्रो दिन अर्थात् २८ गते अवलोकनकर्ताहरुको खचाखच भिड लागेको हो । 

शोमा टिकटबिना जान नपाइने भएकाले टिकट काट्न अवलोकनकर्ताहरुको लाइन लागेको हो । 

७५ हजार मानिसले अवलोकलन गर्ने अनुमान गरिएको शोमा विद्यार्थीका लागि रु एक सय ५० तथा अन्य व्यक्तिका लागि रु दुई सयको टिकट छुट्टाइएको छ । खल्तीबाट अटोशोको टिकट काट्नेका लागि २० प्रतिशत क्यासब्याकको सुविधा दिइएको नाडाले जनाएको छ । 

शोमा पेट्रोलियम गाडीमाभन्दा विद्युतीय गाडीमा अवलोकनर्ताहरुको आकर्षण बढेको देखिन्छ । ३१ गतेसम्म चल्ने प्रदर्शनीमा ४५ वटा सवारी साधनका ब्रान्ड सहभागी छन्। प्रर्दशनीमा चारपांग्रे, दुईपांग्रे ब्रान्डका साथै लुब्रिकेन्टस, टायर, पार्टपूर्जालगायतका सामग्री पनि राखिएको छ।

 

Logo