राजन श्रेष्ठको ‘दिल माया’ सार्वजनिक

राजन श्रेष्ठको ‘दिल माया’ सार्वजनिक


नेपाली सांगीतिक बजारमा धेरै समयपछि पूर्वेली गीत ‘दिल माया’ सार्वजनिक गरिएको छ। उक्त गीतको भिडियोमा सरोज राणा प्रजाको दिलमा माया बनेर बस्न सफल बनेकी छन्, मोडल बिना राउत। उक्त गीतमा  राजन श्रेष्ठ र पवित्रा गुरुङको स्वर रहेको छ। 

राजन श्रेष्ठकै शब्द सृजना र संगीत रहेको दिल मायाको भिडियो निर्देशन तथा नृत्य निर्देशन रोशन विश्वकर्माले गरेका छन् भने दिनेश पराजुलीले छायांकन गरेका छन्।  रोशन बालुवाको संगीत संयोजन र मिक्सिङ मास्टरिङमा बनेको यस गीतले दर्शक र स्रोताको मन जितिरहेको दाबी गरिएको छ। 

 

Logo