‘दयारानी’को अर्न्तराष्ट्रिय प्रदर्शन अधिकार सेभेन सिजले किन्यो

‘दयारानी’को अर्न्तराष्ट्रिय प्रदर्शन अधिकार सेभेन सिजले किन्यो


फिल्म ‘दयारानी’को अर्न्तराष्ट्रिय प्रदर्शन अधिकार बिक्री भएको छ। अभिनेता माओत्से गुरुङको डेव्यु निर्देशकिय रहेको दयारानीको विदेश प्रदर्शन अधिकार सेभेन सिज इन्टरटेनमेन्टले खरिद गरेको हो।

निर्माण कम्पनि बाँसुरी फिल्मस् र सेभेन सिज इन्टरटेनमेन्टबीच फिल्म रिलिजलाई लिएर औपचारिक रुपमा लिखित सम्झौता भएको थियो। अभिनेता दयाहाङ राई र अभिनेत्री दीया पुनको मुख्य भूमिका रहेको फिल्म ‘दयारानी’को आगामी माघ २६ गतेबाट प्रदर्शन हुनेछ। फिल्ममा दयाहाङ र दीयाका अलावा विजय बराल, प्रमिसा गुरुङ, पुस्कर गुरुङ, टिकाराम घलेलगायतका कलाकारको पनि अभिनय छ।

बाँसुरी फिल्मस् र माओत्से फिल्मस्को ब्यानरमा निर्मित फिल्मलाई शैलेन्द्र ध्वज कार्कीको खिचेका हुन्। गुरुङ समुदायमा दयालु यूवतीलाई ‘दयारानी’ भन्ने गरिन्छ। फिल्ममा अभिनेत्री दीया पुनलाई दयालु युवतीको रुपमा प्रस्तुत गरिएको छ।

मोहन गुरुङ, किरण गुरुङ, केन्द्र लिम्बु र न्यू आइटी भेन्चरको सहकार्यमा निर्माण भएको फिल्मका कार्यकारी निर्माता रामबाबु गुरुङ र अपिल विष्ट हुन्। फिल्मको कास्टिङ डारेक्टर मणिराम पोखरेल हुन्। फिल्मलाई नेपालमा प्रचण्डमान श्रेष्ठको कम्पनि टिफल्क फिल्मस्ले वितरण गर्नेछ।

Logo