रेमिट्यान्सको टेकोले कहिलेसम्म धानिदेला नेपाली अर्थतन्त्रलाई ?

रेमिट्यान्सको टेकोले कहिलेसम्म धानिदेला नेपाली अर्थतन्त्रलाई ?


राज्यको त्यो क्षेत्र जहाँ वस्तु तथा सेवाको उत्पादन र उपभोगको माध्यमद्वारा मुद्राको वितरण हुने स्थान हो अर्थतन्त्र । कुनै देशको अवस्था कस्तो छ भन्ने कुरा उक्त देशको अर्थतन्त्रले चित्रण गर्दछ । वित्तीय लगानीको स्रोत भनेको बैंक तथा वित्तीय संस्थाहरू हुन् । अर्थतन्त्रलाई चलायमान बनाउन लगानीको स्रोत परिचालन गर्ने काम वित्तीय संस्थाले गर्दछन् ।

निक्षेपकर्ताको नासोको रूपमा लिएको निक्षेप रकम जुन निक्षेपकर्ताले मागेका बखत भुक्तानी दिने शर्तमा संकलन गरी जम्मा भएको स्रोतलाई केही रकम तरलताको रूपमा राखी बाँकी रकम लगानी गरी लगानीबाट आर्जन भएको रकमबाट विभिन्न किसिमका खर्चहरु घटाएर पछिको रकम वित्तीय लगानीको प्रतिफल हो । अर्थतन्त्र र वित्तीय लगानीको नङ र मासुको सम्बन्ध रहेको हुन्छ जुन अर्थतन्त्रमा वित्तीय लगानीको अवस्था राम्रो हुन्छ त्यो अर्थतन्त्र आर्थिक रूपमा सवल हुन्छ भन्ने मान्यता रहन्छ तर विडम्बना वित्तीय लगानी उकालो लागि रहँदा अर्थतन्त्र ओरालो झरिरहन पुग्यो । 

रेमिट्यान्स वृद्धिको अवस्थालाई हेर्दा २०७० सालपछि वैदेशिक रोजगारीमा जानेको सख्या उल्लेख्य वृद्धि भएता पनि रेमिट्यान्स वृद्धि सोही गतिमा बढेको देखिदैंन ।

वित्तीय लगानीलाई प्रभावकारी रूपमा लगानी गर्नुको सट्टा केवल आफ्नो लगानी सुरक्षित राख्न, नाफा सुनिश्चित गर्न, जोखिम कम उठाउन, छोटो समयमा अर्थोपार्जन गर्नेतर्फ वित्तीय संस्थाहरुको ध्यान केन्द्रित हुन पुग्यो । जसले गर्दा हरेक वर्ष वित्तीय लगानी बढिरहँदा अर्थतन्त्रमा व्यापार घाटाको गति पनि उत्तिकै तिब्र बन्यो । जुन विषयलाई तलको चार्टले स्पष्ट देखाउँछ ।

विगत २०७१ सालदेखि २०८० सम्म दशवर्षको अवधिलाई नियाल्ने हो भने लगानी हरेक वर्ष बढिरहेको छ । लगानी बढ्नु राम्रो पक्ष हो तर व्यापार घाटा पनि उस्तै गतिमा बढिरहेको छ त्यो राम्रो पक्ष होइन । पछिल्लो समयमा आउँदा अर्थतन्त्रमा परेको तरलताको संकुचनले लगानी साँघुरिएको देखिन्छ, उता व्यापार घाटा भने आफ्नै गतिमा उकालो चढिरहेको छ । यो उकालो लाग्ने गति कहिले रोकिएला यति लामो समयसम्म लगानी वृद्धि भइरहँदा त्यसको प्रभाव कहाँ र कसरी पर्यो‍ भन्ने पक्ष भने त्यति सकारात्मक रहन सकेन । हाम्रो लगानीलाई वस्तु तथा सेवाको आयात गर्ने व्यवसाय, घर जग्गा जस्ता अनुत्पादक क्षेत्र निर्माणका सामग्री आयात गरिन्छ जसले आयातको गति तिब्र बनाउन  सघाउँछ । लगानीलाई जबसम्म उत्पादन तथा देशभित्रै अर्थोपार्जन गर्ने उद्योगमा गरिदैन तबसम्म अर्थतन्त्रले सहि बाटो लिन सक्दैन । 

माथिका चार्टहरु हेर्दा यस्तो देखिन्छ लगानी वद्धिको पक्ष २०७५ सालसम्म सकारात्मक देखिन्छ । २०७६ सालबाट लगानी वृद्धिमा पनि राम्रै हलचल पैदा भएको छ । कहिले करीब २८ प्रतिशतको वृद्धि त कहिले करीब २ प्रतिशतको हाराहारीमा खुम्चिनुपर्ने स्थिती देखिएको छ । यस्तैगरी रेमिट्यान्स वृद्धिको अवस्थालाई हेर्दा २०७० सालपछि वैदेशिक रोजगारीमा जानेको संख्या उल्लेख्य वृद्धि भएता पनि रेमिट्यान्स वृद्धि सोही गतिमा बढेको देखिंदैन । रेमिट्यान्समा पनि २०७५ साल पछि वृद्धिमा केहि हलचल भएको देखिन्छ । अर्थतन्त्रलाई चलायमान बनाउने यी दुई पाटाहरु सबल भएमा आर्थिक वृद्धिमा सहयोग पुग्ने हुँदा अस्थिर अवस्थाले अर्थतन्त्रको गतिलाई पनि हलचल नबनाउला भन्न सकिंदैन ।

माथि उल्लेखित चार्टलाई हेर्दा निक्षेपमा रहेको औसत व्याजदर र लगानीमा भएको औसत व्याजदर समय समयमा तलमाथि भएको छ, निक्षेपको व्याजदर २०७३ सालमा ३.०९ प्रतिशतदेखी २०८० मा पुग्दा ७.९९ प्रशितसम्म र कर्जाको व्याजदर २०७३ मा ८.८८ प्रतिशतदेखी २०६९ मा १४.२२ प्रतिशतसम्म भएको देखिन्छ । 

व्याजदरले निक्षेप र कर्जाको वृद्धिमा खासै प्रभाव पारेको सकिंदैन । व्याजदरमा तलमाथि भइरहँदा कर्जा र निक्षेप एकनासले बढिरहेको छ । २०७३ सालको  औसत व्याजदर निक्षेप र कर्जा दुवैमा घट्दा निक्षेप घट्नु स्वभाविक हो तर कर्जा पनि घटेको देखिन्छ । त्यस्तै, २०७५ मा व्याजदरमा वृद्धि हुँदाखेरी निक्षेप र कर्जा दुवै बढेको छ । २०७७ मा पनि व्याजदर निक्षेप र कर्जा दुवैमा घट्दा कर्जाको वृद्धि पनि घटेको देखिन्छ । तसर्थ व्याजदरको प्रभाव पूर्ण रुपमा न त निक्षेपमा परेको छ न त लगानीमा माथिको तालिकाबाट यहि चित्रण हुन्छ ।

अर्थतन्त्रलाई चलायमान बनाउने यी दुई पाटाहरु सबल भएमा आर्थिक वृद्धिमा सहयोग पुग्ने हुँदा अस्थिर अवस्थाले अर्थतन्त्रको गतिलाई पनि हलचल नबनाउला भन्न सकिंदैन ।

माथिका चार्टलाई हेर्दा विगत बाह्र वर्षको अन्तरालमा निक्षेपको वृद्धि २०६९ साल जेठदेखि २०८० जेठसम्म औसतमा १६ प्रतिशतले वृद्धि भएको छ । निक्षेपको औसत व्याजदर २०६९ जेठदेखि २०८० जेठसम्म  तलमाथि भइ कहिले ३ प्रतिशत कहिले ८ प्रतिशत सम्म भएको देखिन्छ । जसको कारण बजारमा तरलता कम हुन्छ तथा समस्या आउँछ व्याजदर बढ्ने गरेको देखिन्छ । तरलतामा समस्या आइसकेपछि बैंकहरूबाट उपलब्ध गराउने कर्जा सापटी कम हुनु स्वभाविक हो भने त्यो सँगसँगै कर्जाको व्याजदर पनि बढेको पाइन्छ ।

यसबाट के स्पष्ट हुन्छ भने व्याजदरले निक्षेपको वृद्धि खासै फरक पारेको छैन । यसो हुनुमा निक्षेपकर्ताहरूलाई व्याजदर मतलव नभएको हो कि ?, वित्तीय साक्षरताको अभाव पो हो कि ? यदि निक्षेपमा व्याजदरको मतलब नभई साँवा रकम मात्र सुरक्षित होस् भन्ने चाहना भएका निक्षेपकर्ता भएर यसो भएको भनौं भने देशमा रोजगारी छैन, उत्पादन ठप्प प्राय छ, देश रेमिट्यान्समा अडेको छ तसर्थ यस्तो अवस्थामा व्याजदरले निक्षेपमा कुनै असर परेको नदेखिनु एउटा सोचनीय विषय बन्न सक्छ ।

माथिको चार्टबाट यो स्पष्ट हुन्छ विगत एक दशकभन्दा अघिदेखि आम्दानीभन्दा खर्च बढि भएको देखिन्छ । आम्दानीभन्दा खर्च बढि हुनु भनेको राज्य संचालन खर्च गर्नका लागी मात्र पनि जम्मा आम्दानीले नपुग्ने भन्ने बुझिन्छ । ऋण खोजेर घर खर्च चलाउँदा घर कसरी र कति दिन चल्छ सोचनीय विषय हो । यो परिस्थितीले राज्य संचालनका लागी मात्र पनि दिनानु दिन ऋणको भार बेहोर्नुपर्ने अवस्थाको चित्रण गर्दछ जुन अति दयनिय विषय हो ।

हिजो आङको लुगा फाटेपछि नयाँ लुगा फेर्नेहरू आज लुगा राख्ने ठाउँ छैन । विभिन्न समारोहमा एउटै रङ्गका आयातीत पोशाक लगाउने प्रचलन नौलो रहेन ।

माथिका यी विविध विषयहरुको अध्ययनले अर्थतन्त्रका चलायमान संयन्त्रहरु खिया लागेर यसरी भुत्ते भएका छन् देशमा उत्पादन केही छैन भान्सादेखि भोजसम्म, नुनदेखि सुनसम्म, फूलदेखि फलफूलसम्मको आयात भइरहँदा मानिसमा फेसनको होडबाजी जस्तै छ । हिजो भुटेको मकैको खाजाको जोहो नभएकाहरू आज मार्ट, डिपार्टमेन्टल स्टोरबाट जङ्कफुड ल्याउन भ्याइ नभ्याई छ । हिजो आङको लुगा फाटेपछि नयाँ लुगा फेर्नेहरू आज लुगा राख्ने ठाउँ छैन । विभिन्न समारोहमा एउटै रङ्गका आयातीत पोशाक लगाउने प्रचलन नौलो रहेन । चाडपर्वहरु भडकिला बन्दैछन्, सक्नेले त गर्छ नसक्ने वर्ग तथा समुदायमा यसले कस्तो मानसिक असर गर्ला त्यसतर्फ ध्यान जानु जरुरी छ । हरेक नागरिक सचेत भई आयातित वस्तु आवश्यकताभन्दा बढी खरिद नगर्ने, सीमित प्रयोग गर्ने, स्वदेशी वस्तु प्रयोग गर्ने, स्वदेशी उत्पादनको प्रवद्र्धन गर्नेतर्फ ध्यान दिनुपर्छ । वैदेशिक रोजगारीमा युवाहरू विदेश पलायन हुँदा देश रेमिट्यान्सले टेको लागेको छ । घरजग्गाको भाउ बढेको हुँदाजग्गा जमिन हुनेहरू त्यसकै आडमा मच्चिएका हुन् । 

अन्य क्षेत्रहरु शून्य अवस्था जस्तै रहेर टेको तथा आड रेमिट्यान्सको लागिरहँदा त्यसको वृद्धि दर घट्दै जानु र निक्षेप तथा कर्जामा प्रभावहिन व्याजदरले देशको समृद्धिको बाटो नक्साङ्कन हुन सक्दैन ।

दिनानुदिन चढ्दो व्यापार घाटा, अन्य क्षेत्रहरु शून्य अवस्था जस्तै रहेर टेको तथा आड रेमिट्यान्सको लागिरहँदा त्यसको वृद्धि दर घट्दै जानु र निक्षेप तथा कर्जामा प्रभावहिन व्याजदरले देशको समृद्धिको बाटो नक्साङ्कन हुन सक्दैन ।

व्यापार व्यवसायमा पारदर्शिता नहुँदा व्यापारको नगन्य अंश मात्र करको रूपमा सीमित रकम हुन पुगेको छ । मानिसमा श्रम गर्ने प्रवृत्ति हराउँदा रोग बढ्ने जसले गर्दा उपचार खर्च बढ्ने, आयातित वस्तुको बढ्दो प्रयोगले व्यापार घाटा चुलिएको छ । नागरिकहरू अध्ययन गर्न बाहिर जाने हुँदा कलेजहरूमा तिर्ने ट्युसन फी र होस्टल फी आदि रकम बाहिरिएको छ । आयातित वस्तुको भुक्तानीले गर्दा विदेशी विनियम संचितीमा दबाब सृजना भएको छ । पछिल्लासमय विदेशी लगानी भित्रिएकोमा त्यसको प्रतिफल जताबाट आयो उतै जाने हुँदा देशबाट मुद्रा बाहिरिएको अवस्था पनि छ । यस्ता विविध विषयहरू एक पक्षभन्दा पनि सरकार र सरकारसँग सरोकार राख्ने सबै वर्ग, समुदाय र पक्षहरूको समान दायित्व रहन्छ । सबैको एउटै लक्ष्य र उद्देश्य राखेर अघि पढ्ने आजको टड्कारो आवश्यकता हो भन्ने सबैलाई चेतना भयो ।

अन्त्यमा घट्दो आम्दानी, बढ्दो खर्च, अनउत्पादक क्षेत्रमा गरिएको उक्लदो लगानी, दिनानुदिन चढ्दो व्यापार घाटा, अन्य क्षेत्रहरु शून्य अवस्था जस्तै रहेर टेको तथा आड रेमिट्यान्सको लागिरहँदा त्यसको वृद्धि दर घट्दै जानु र निक्षेप तथा कर्जामा प्रभावहिन व्याजदरले देशको समृद्धिको बाटो नक्साङ्कन हुन सक्दैन । यसतर्फ गम्भिर भएर सोच्नुपर्दछ ताकि हाम्रो बाटो नै खराब दिशातर्फ हिँडियो भने गन्तव्यमा पुग्न कठिन हुनेछ । यी भुत्ते औजारहरुमा सान लगाउन ढिला भइसकेको छ ।

Logo