दुर्गा प्रसाईंको जिल्लास्तरीय कार्यक्रम भोली भक्तपुर र पर्सि ललितपुरमा हुने

दुर्गा प्रसाईंको जिल्लास्तरीय कार्यक्रम भोली भक्तपुर र पर्सि ललितपुरमा हुने


मेडिकल व्यवसायी दुर्गा प्रसाईंले नेतृत्व गरेको नागरिक मुक्ति अभियानअन्तर्गत भोलि(शुक्रबार)भक्तपुर र पर्सि  (शनिबार) ललितपुरमा प्रर्दशन हुने भएको छ । अभियानअन्तर्गत जिल्ला केन्द्रित रहेको प्रसाईं समूहले बिहिबार ललितपुरको ग्वार्काेमा आयोजना गरेको संयुक्त पत्रकार सम्मेलनमार्फत सो जानकारी गराएको हो । 

शुक्रबार ललितपुर र भक्तपुर जिल्लाको संयुक्त आयोजनामा १२ः३० बजे भक्तपुरको पाँचतले मन्दिरमा शान्तिपूर्ण र्यालीका साथ कोणसभाको आयोजना गर्नेछ । त्यस्तै शनिबार ललितपुरको लगनखेल बसपार्कमा पनि दुवै जिल्लाको आयोजनामा कोणसभा र शान्तिपूर्ण र्याली गरिने जानकारी जिल्ला संयोजकहरुले दिएका छन् ।

पत्रकार सम्मेलनमा दुवै जिल्लाका संयोजकहरुले ‘अबको प्रर्दशन शान्तिपूर्ण हुनुका साथै कुनै दमन र झडप नहुने बताएका छन्, साथै नेताहरुको घर–घरमा पुगेर वार्तामार्फत जसरी भएपनि आफ्नो माग पुरा गराउने बताएका छन् ।’

मेडिकल व्यवसायी प्रसाईं नेतृत्वको समूहले  मंसिर ७ गतेबाट नागरिक मुक्ति आन्दोलन अन्तर्गत सडक प्रर्दशन गर्दै आएका छन् ।

Logo