च्याम्पियन्स लिग: म्यानचेस्टर युनाइटेड र गालाटासारे ३-३ गोलको बराबरीमा

च्याम्पियन्स लिग: म्यानचेस्टर युनाइटेड र गालाटासारे ३-३ गोलको बराबरीमा


युइएफए च्याम्पियन्स लिग अन्तर्गत म्यानचेस्टर युनाइटेड टर्किस क्लब गालाटासारेसँग बराबरीमा रोकिएको छ। गएराती सम्पन्न समुह ए अन्तर्गतको खेलमा म्यानचेस्टर युनाइटेड गालाटासारेसँग ३-३ गोलको बराबरीमा रोकिएको हो।

गालाटासारेका लागि हाकिम जियाचले २ गोल गरेका थिए भने मुहमद केरेमले एक गोल गरेका थिए।त्यसैगरी म्यानचेस्टर युनाइटेडका लागि अलेजनान्द्रो गर्नाचो, ब्रुनो फर्नानडेज र स्कट म्याकटोमिनीले एक एक गोल गरेका थिए।

त्यस्तै यसै समुहको अर्को खेलमा बायर्न म्युनिख र कोपेनहेगन गोल रहित बराबरी खेलेका थिए। अब समुह ए मा अन्तिम खेल खेल्न बाँकी रहदा बायर्न म्युनिखको ५ खेलमा १३ अंक रहेको छ र राउण्ड १६ मा छनौट भएको छ भने कोपेनहेगन र गालाटासारेको ५-५ खेलमा ५-५ अंक रहेको छ भने म्यानचेस्टर युनाइटेडको ५ खेलमा ४ अंक रहेको छ। अब समुह चरणको अन्तिम खेलमा अर्को साता म्यानचेस्टर युनाइटेडले बायर्न म्युनिखको सामना गर्नेछ भने कोपेनहेगनले गालाटासारेको सामना गर्नेछ।

Logo