च्याम्पियन्स लिग: नापोलीमाथि रियल म्याड्रिड ४-२ ले विजयी

च्याम्पियन्स लिग: नापोलीमाथि रियल म्याड्रिड ४-२ ले विजयी


युइएफए च्याम्पियन्स लिग अन्तर्गत रियल म्याड्रिडले नापोलीलाई पराजित गरेको छ। गएराती सम्पन्न समुह सी अन्तर्गतको खेलमा रियल म्याड्रिडले नापोलीलाई ४-२ गोल अन्तरले पराजित गरेको हो।

रियल म्याड्रिडको जितमा रोड्रीगो, जुडे बेलिङघम, निको पाज र जोसेलुले एक एक गोल गरेका थिए। त्यसैगरी नापोलीका लागि गिओभानी सिमोओने र् आन्द्रे फ्र्यांक जाम्बोले एक एक गोल गरेका थिए।

यसै समुहका ब्रागा र युनियन बर्लिनले गएराती नै सम्पन्न खेलमा १-१ गोलको बराबरी खेलेका थिए। यो जितपछि रियल म्याड्रिडले ५ खेलमा सबै जितसहित १५ अंक हासिल गरेको छ र समुहमा शिर्ष स्थानमा रहेको छ।

त्यस्तै नापोलीको ५ खेलमा ७ अंक रहेको छ र दोस्रो स्थानमा रहेको छ। त्यस्तै ब्रागाको ५ खेलमा ४ अंक छ भने युनियन बर्लिनको ५ खेलमा २ अंक रहेको छ। अब समुह चरणको अन्तिम खेलमा अर्को साता रियल म्याड्रिडले युनियन बर्लिनको सामना गर्ने छ भने नापोलीले ब्रागाको सामना गर्ने भएको छ। 

Logo